पुस १८, हुम्ला — अत्यन्तै चिसो बढेपछि हुम्लाका निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् ।
चिसो ज्यादै वढेपछि सोमबारदेखी सरकारले ४५ दिनका लागि बन्द गरेको हो ।
सरकारले हुम्लालगायतका हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले त्यहाका विद्यालयहरुमा वर्षेनी बिदा दिँने गरेको ।
गएको आइतबार वार्षिक परीक्षा सकाई आगामी फागुन १ गतेसम्म विद्यालयहरु बन्द गरिएको छ । त्यसपछि नयाँ शैक्षिक सत्र सुरु हुनेछ । चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् ।