कर्मचारीलाई नियन्त्रण गर्नु अधिनायकबाद सोँचको सुरुवात : कांग्रेस सभापति देउवा

पुष १६ काठमाडौं—कांग्रेस सभापति शेरबहादुर देउवाले, सरकारले कर्मचारीलाई नियन्त्रण गर्नु अधिनायकबाद सोँचको सुरुवात हो भनेका छन् ।

काँग्रेसको मेलमिलाप दिवसको कार्यक्रममा सभापति देउवाले सरकारले तानाशाही र एकलौटी पारामा कर्मचारीतन्त्रलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका हुन् ।

यो पाराले भोली पुलिस, सेना लगाएतका सुरक्षा निकायमाथी पनि हस्तक्षेप हुन सक्छ, उनले भने, ‘ यो अधिनायकवादी सोचको सुरुवात हो ’।

देउवाले आफूहरु मेलमिलापको पक्षमा रहेको तर सरकारका गतिविधीहरु भने लोकतन्त्रविरोधी वन्दै गर्ईरहेको दाबी गर्दै, उनले भने, काँग्रेस हिजो, आज र भोली पनि मेलमिलाप नीतिमा अगाढी वढिरहने छ ,

काँग्रेसको महासमितिको हालै सकिएको बैठकले पारित गरेको नयाँ विधानअनुसार नेपाली कांग्रेस पूर्ण समावेशी पार्टी भएको बताउँदै उनले दलित, महिला, लगायत उत्पीडित समुदायको सदस्यता बढाउनुपर्नेमा जोड दिए ।