बुटवल र जनकपुरबाट पनि श्रम स्वीकृति, सेवाग्राही लाभान्वित

 

पुुष, १६ काठमाडौ —वैदेशिक रोजगारको लागि श्रम स्वीकृत लिन बुटवल र जनकपुरबासीले अव राजधानी धाउनुुपर्ने बाध्यता हटेको छ ।

सरकारले आईतबारबाट श्रम स्वीकृत लिन बुटवलसँगै जनकपुरमा सेवा सञ्चालन थालेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईँले नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा श्रम व्यवसायजन्य सुरक्षा विभाग रोजगार कार्यालयको बुटवलमा उद्घाटन गरि यस्तो सेवाको शुरुवात गरेका हुन् ।।

सरकारले पहिलो चरणमा जनकपुर र बुटवलबाट श्रम स्वीकृतीको काम अगाडि बढाएको छ ।