अस्ट्रेलियामा जारी क्रिकेट खेलमा कप्तान पारस खड्काले प्रशिक्षण दिदै

पुस १६, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कप्तान पारस खड्काले अस्ट्रेलियामा क्रिकेट प्रशिक्षण गरिरहेका छन् ।

शैक्षिक परामर्श तथा आप्रवासन सम्बन्धी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले अस्ट्रेलियामा आयोजनामा गरेको क्रिकेट खेलमा उनले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यमा कप्तान खड्काको साथमा राष्ट्रिय टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि छन् ।

कप्तान खड्को समुहले अस्ट्रेलियाका चार शहरमा प्रशिक्षण गर्नेछन् । प्रशिक्षण कार्यक्रम मेलवर्नमा सकिईसकेको छ भने, पौष २१ र २२ गते सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा गरिने भएको छ ।