पुस १६, काठमाडौं – काठमाडौंमा आज बिहानको तापक्रम जिरोमा पुग्यो । मौसम पूर्वानुमान महाशाखाको आज बिहानको रेकर्डले उपत्यकाको तापक्रम ०.५ डिग्रीमा पुगेको देखिएको हो ।
मौसमविद् समिर श्रेष्ठले जम्मु कास्मिरको चिसो हावा नेपालतिर आएकोले तापक्रम शुन्यमा झरेको बताए । उनले जम्मु काश्मिरको चिसो हावाका कारण मुलुकभरी जाडो हृवात्तै बढेको हो, भने ।
काठमाडौंमा चिसो वढ्दै गएपनि तापक्रम माईनसमा नपुग्ने मौसम विदले जनाएको छ । यद्यपी कतिसम्म पुग्छ भन्ने एकिन गरिएको छैन ।
काठमाडौंको तापक्रम माइनसमै नपुगेपनि मंगलबार र बुधबार देशका केही भागमा पानी पर्न सक्ने मौसमविदहरुले अड्कल गरेका छन् ।
अहिले देशकै चिसो जुम्लामा भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ । जुम्लाको तापक्रम माइनस ५ डिग्री पुगेको थियो । दिउँसोमा भने तापक्रम वढ्दै गएको पाइएको छ ।