सिन्धुपाल्चोकको गुफडाँडामा गरिने जलवायु सम्मेलनको तयारी सम्पन्न

१६ पुस, काठमाडौं— जलवायु सम्मेलनका लागि भव्य १६सिंगार गरिएको सिन्धुपाल्चोकको गुफडाँडाको तयारी अन्तिम चरणमा पुगेको छ ।

दुई हजार मिटर भन्दा माथीको उचाईमा रहेको गुफा डाँडामा गर्न लागिएको राष्ट्रिय जलवायु सम्मेलनको तयारी लगभग अन्तिम अवस्थामा पुगेको हो ।

मुलुकको ७७ जिल्लाका समन्वय समितिका प्रमुख र उप्रमुख दुई दिनसम्म सहभागी हुने जलवायु सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमाफृत कार्यक्रमस्थलमा पुग्ने बताइएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, वातावरण मन्त्रालयका उच्च अधिकारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री, लगायतका मन्त्री सहितको उपस्थिती रहनेछ ।

सम्मेलनका लागि सबै जिल्लाका प्रमुख, उपप्रमुख लगायत विज्ञहरुको टोली मेलम्ची पुगिसकेको छ
सम्मेलन हुने ठाउँ गुफाडाँडा १६सिंगारले चिटिक्क पारिएको छ । जलवायु परिवर्तनको प्रभाव देखिने हिमालतिर फर्केर पृथ्वी उचालेको मानव ‘मुर्ति’ निर्माण गरिएको छ । मूर्तिसँगै ७७ वटा राष्ट्रिय झण्डा फरफराउनेछन् ।

यस क्षेत्रको उच्च लेक, पश्चिम र दक्षिणतिर टल्केको जुगल हिमाल, दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ लगायतका हिमशिखर र त्यसैको कोखमा रहेको गुफाडाँडा यस गुफाडाँडाको लोभलाग्दा मनोरम दृश्यहरु हुन् ।

सोमबार सुरु भई मंगलबार सकिने सम्मेलनले ‘औद्योगिक मुलुकहरुले गरेको कार्वन उत्सर्जन र त्यसले पर्न गएको प्रभावलाई कम गर्न अन्तराष्ट्रिय मुलुकहरुलाई शुल्क तिराउने व्यवस्थाका लागि दबाब दिने सम्मेलनको मूल आयोजक समिति संयोजकले बताएका छन् । 

सम्मेलनले मंगलबार सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा पर्ने गुफाडाँडाबाट ३ सय ६० डिग्रीको कोणमा जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोट र काठमाडौँसम्मका दृश्य र वातावरण नियाल्न सकिन्छ ।

राष्ट्रिय जलवायु सम्मेलन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाइमा जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको हो ।