बंगलादेशको आम चुनावमा हसिनाको जीत

पुस १६ , ढाका – बंगलादेशको आम चुनावमा हसिनाको पार्टी विजयी भएको छ । हसिनाको पार्टी लगातार तेस्रो पटक विजयी भएको हो ।

शेख बंगलादेशको चुनाव आयोगले हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० सीटमा २ सय ८१ सीट ल्याएर विजयी भएको जनाएको छ ।

यो पटक पार्टीले भारी सीटमा जीत हासिल गरेको हो । हसिना सन २००९ देखि प्रधानमन्त्री छन् । हसिनाको पार्टीको विपक्षी दलले जम्मा सातवटा सीट जितेको छ ।

विपक्षी दल बीएनपी प्रमुख वेगम खालिदा जिया भ्रष्टाचारको आरोपमा जेलमा परेका कारण चुनावमा भाग लिन पाईनन् ।

हसिनाको पार्टीले ल्याएको २२१ सिट धाँधलीका साथ आएको विपक्षीको आरोप छ । यस विषयमा छानविन गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

यसैविच बंगलादेशको निर्वाचनमा आइतबार हिंसात्मक झडप हुँदा १७ जनाको मृत्यु भएको थियो ।