आलोचनापछि जेलमुक्त नगर प्रमुुखको खुशीमा दिइएको सार्वजनिक बिदा फिर्ता

पुष, १५ काठमाडौ — विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर सियाराम कुश्वाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि दिइएको सार्वजनिक विदाको व्यापक आलोचना भएपछि फिर्ता लिइएको छ ।

नगरपालिकाले आइतरबार एक सूचना जारी गर्दै सार्वजनिक विदा रद्द गरेको जानकारी गराएको छ ।  वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो । उनी शनिबार नेकपाका केन्द्रीय नेताहरुसहित हेलिकोप्टर चढेर गृह नगर फर्किएका थिए ।