गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार, टुँडिखेलमा आज विशेष : गण्डकी प्रदेशमा सार्वजनिक विदा

पुस१५ , काठमाडौं —गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार आज देशभर तामझाम गर हर्ष उल्लासपुर्ण मनाईदैछ ।  नयाँ वर्षको स्वागतमा पुरानो वर्षको विदाई गर्दै मनाईने तमु ल्होसारको विशेष पर्व आज देशभर मनाइएको हो ।

तमु ल्होसारको यस विशेष अवसरमा गुरुङ समुदायको बाक्लो बस्ती भएको क्षेत्र गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ । त्यसैगरी गुरुङ समुदायले काठमाडौंको टुँडिखेलमा पनि आज तामदामका साथ विशेष कार्यक्रम गरी तमु ल्होसार पर्ब मनाउदैछन् ।

नेपालको सबैभन्दा वढि गुरुङ समुदायको बाहुल्यता भएको जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लाहरु हुन् । ति जिल्लाम घामको किरण पहिले लाग्ने भएकाले गुरुङ समुदायले हरेक वर्ष १५ पुषका दिन यो पर्व मनाउने गरेका हुन् । त्यसपछि तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा पनि घामको किरण पर्ने भएकाले माघ र फागुनमा यो पर्व मनाइने चलन छ ।

तमु ल्होसारको अर्थ ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भन्ने जनाएकोले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनेर गुरुङ समुदायले विश्वास गर्ने परम्परा छ ।

आजको दिन पुस १५को रात सबैभन्दा लामो हुने विस्तारै रात घट्दै जाने गर्छ ।