निर्मला पन्तको न्यायका लागि वालुवाटारमा धर्ना

पुष १४, काठमाडौं–कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउने दिन कहिले आउला ? झण्डै पाँच महिना वितिसिक्दा पनि निर्मलाले न्याय पाउने कुनै छाँटकाट छैन ।

निर्मलाको वलात्कारपछिको हत्यामा संलग्नमा दोषीलाई कारवायी र पिडितलाई न्यायको माग गर्दै दिनहु विरोध, प्रदर्शन र धर्नाका कार्यक्रहरु भईरहेका छन् ।

निर्मलाको न्यायका लागि आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रर्दशन गरिएको छ । विवेकशील साझा पार्टीले नेतृत्व गर्दै ‘न्यायको खोजीमा निर्मलाहरु’ लेखिएको व्यानरसहित प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।

न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नाराका प्लेकार्ड वोकेका प्रर्दशनकारीले शान्ति सुरक्षाको ग्यारेण्टी दिन प्रहरी प्रशासन सहित गृहमन्त्री असक्षम भएको बताएका छन् ।

प्रदर्शनकारीले आपराधिक कार्यको सत्यतथ्यगत अनुसन्धान गर्न प्रहरी प्रशाषनले नसकेको भन्दै तत्काल प्रहरीलाई अपराध अनुसन्धान सम्बन्धी विशेष तालिमको पनि माग गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछिको हत्या गर्नेलाई पक्राउको माग गर्दे राजधानी लगायत मुलुकभर दिनहु प्रर्दशन भईरहेको छ ।

५ महिना भईसक्दा पनि सरकारले दोषि पक्राउ गर्न नसकेको र प्रहरीले अनुसन्धानको नाममा निर्दोष व्यक्तिलाई पक्राउ गरी यातना दिएर अपराध कबुल गराउन प्रहरी लागि परेको भन्दै विरोध समेत हुँदै आएको छ ।

अधिकारकर्मीहरुले पछिल्लो समय प्रदिप रावल र विशाल चौधरीलाई अपराध स्वीकार गर्न दबाब दिदै प्रहरीले चरम यातना दिएको विरोध गर्दै, उनीहरुको मानवअधिकारप्रति ख्याल गर्न सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।