प्रचण्ड ओलीका फरक फरक वाद

पुस १३, काठमाडौं —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अबको कार्यदिशामा दुईवटा धार देखिएका छन् । जनवादी क्रान्ति’लाई पछयाउने कि ‘समाजवाद’ भन्ने बहसमा अध्यक्षद्धयका अलग अलग धार देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली ‘जनवाद’को पक्षमा उभिएका छन् भने प्रचण्ड ‘समाजवाद’को पक्षमा ।

पार्टी एकिकरणपछि पहिलोपटक बसेको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको संयुक्त प्रतिवेदनमा ‘जनताको जनवाद’ लाई न्यूनतम र ‘वैज्ञानिक समाजवाद’ लाई अधिकतम कार्यक्रम उल्लेख गरिएको छ ।

अध्यक्षद्वयको प्रस्तुत प्रतिवेदनमाथी वोल्ने अधिकांश नेताहरुले भने अबको कार्यदिशाको बारेमा प्रष्ट खाका नआएको टिप्पणी गरेका छन् ।

प्रतिवेदनमाथी बोल्दै वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी, सुरेन्द्र पाण्डे लगायतले अझ प्रष्ट पार्न माग गरेका छन् ।

विहिवाको बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्न गरिएको प्रधानमन्त्री ओलीको आग्रहलाई वामदेव गौतम, घनश्याम भुसाल लगायतले आपत्ति जनाएपछि आज विहानलाई बैठक वेलाईएको थियो ।

शुक्रबारको स्थायी कमिटीको अन्तिम बैठकमा ‘जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भइसकेको र समाजवादउन्मुख कार्यक्रम अबको आबश्यकता नै पार्टीको कार्यदिशामा प्रष्ट हुनुपर्नेमा जोड दिएको छ ।

माधव नेपाल र केपी ओली दुबैले ‘जनताको बहुदलीय जनवाद’ छाड्न नसकिने बताउँदै आएका थिए । तर ओली सहित प्रचण्ड तयार गरेको दस्तावेजमा ‘जनताको बहुदलीय जनवाद’ हटाइएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेको मुख्य कार्यभार नै जनवादी क्रान्ति भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, कार्य्दिशा प्रष्ट हुनुपर्ने नेताहरुको विचारप्रति सहमत भएका छन् ।

उनले ‘अबको कार्य्दिशा समाजवादी नै भएकाले पूँजी विकास, र स्वाधीन अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता हो भनेका छन् ।

नेकपाभित्र ओली र प्रचण्डवीचमा बैचारिक भिन्नता देखिएको भन्नेहरुलाई उनीहरुले ‘जनवादी कार्यक्रम’ र ‘समाजवादी कार्यक्रम’ वीचको भिन्नताका बारेमा बुझ्नुपर्ने बताए ।

कम्युनिस्ट विज्ञानले न्यूनतम कार्यक्रमलाई पार्टीको अबको बाटो र अधिकतम कार्यक्रमले भावी बाटोलाई जनाउने अध्यक्षद्धयको तर्क छ ।

दुई पार्टीवीच एकताको तालमेल हुँदा एमालेको ‘जबज’ र माओवादीको ‘एक्काइशौं शताब्दीको जनवाद’ का बारेमा छलफल गरिएको थियो ।

बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेको दस्तावेजमा ‘जबज’ र ‘एक्काइशौं शताब्दीको जनवाद’ हटाएर ‘जनताको जनवाद’ लाई न्यूनतम कार्यक्रम र ‘वैज्ञानिक समाजवाद’ लाई अधिकतम कार्यक्रम घोषणा गरिएको थियो ।