१५ हजार घुस सहित विद्युत प्राधिकरणका तीन कर्मचारी पक्राउ

पुुष १३, काठमाडौ—अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युुत प्राधिकरण नो लाइट साखा मुलपानीमा कार्यरत कर्मचारीहरुलाई पन्ध्र हजार रकम सहित पक्राउ गरेको छ ।

जग्गावाट विजुलीको तार हटाई दिने प्रयोजनको लागि सेवाग्राही संग विभिन्न वाहानामा घुुस मागेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालवाट खटिएको अनुसन्धान टोलीले प्राधिकरणका हेल्पर हस्त वहादुर थापा मगर, काले थापा मगर र ज्यालादारीमा कर्यरत विदुर पुडासैनी समेतलाई पक्राउ गरेको हो ।

घटनासंग सम्वन्धित थप अनुसन्धान सुरु भएको आयोगका प्रवक्ता रामेश्वर दंगालले वताएका छन ।