नेपाल लगानी सम्मेलन आगामी चैतमा हुने

पुष, १३ काठमाडौं —नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवर्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन हुने भएको छ ।

नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा लगानी जुटाउने प्रयास हुनेछ । आगामी १० वर्षमा लगानी गरी प्रतिफल उठाउन सक्ने क्षेत्रमा बाह्य लगानी भित्र्याउने प्रयास हुनेछ ।

सम्मेलनबारे जानकारी दिन बिहीवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन उद्देश्यप्राप्तिका निम्ति उपलब्ध स्रोत साधनको उपयोग र विश्वमा प्रवद्र्धित नयाँ प्रविधिको प्रयोग गर्दै जानु अहिलेको अपरिहार्यतामा भएको बताएका छन् ।