१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा वेष्टह्यामको जीत भएको छ । बिहीबार रातिको खेलमा वेष्टह्यामले साउथह्याम्पटनलाई २–१ गोलअन्तरले हराएको हो ।
सुरुवातीमा साउथह्याम्पटनले अग्रस्थान हासिल गरेको भएपनि दोस्रो हाफपछि ५०औं मिनेटमा साउथह्याम्पटनलाई रेडमन्डले गोल गर्दै गरेका थिए ।
खेलको ५३औं मिनेटमा एन्डर्सनले गोल गरेपछि बराबरीमा पुगेका थिए । खेलको ५९ औं मिनेटमा अर्को गोल गरेपछि वेष्टह्यामको जीत भएको थियो ।