जनताको विश्वास जित्ने काम गरेको छु : प्रधानमन्त्री ओली

पुस १३, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आलोचना खेप्दै गर्दा जनताको विश्वासिलो पाात्र भएको उल्लेख गरेका छन् ।

नेकपाको स्थायी कमिटीको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्र सरकारको आलोचना गरिएपनि जनताले राम्रै मानिरहेको टिप्पणी गरेका हुन् ।

उनले २ घन्टा १० मिनेट सम्बोधन गरेका थिए तर, अधिकांश समय आफ्नो नेतृत्वको सरकारको प्रशंशामा खर्चिएका छन् ।
करिब २ घण्टाको सम्वोधनमा उनले ०५१ सालमा आफु गृहमन्त्री हुँदा पनि यस्तै वाहवाही पाएको सुनाउदै पहिलो पटक प्रधानमन्त्री हुँदा पनि यसरी वाहवाही पाएको बताए ।

उनले पार्टीमा एकताको सन्देश दिनुपर्ने र विरोधीहरुको अपेक्षालाई तुसारापात गर्नुपर्नेमा जोड दिए । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष भईसकेको अवस्थामा अब आफुले केही प्राप्त गर्न नपर्ने र नियतबस कुनै पनि गल्ती नगरेको प्रष्ट पारेका छन् ।

उनले प्रचण्डसँग मिलेर नयाँ शक्तिको प्रयोगबाट पार्टी एकतालाई टुंगोमा पुर्याउन गरेको निर्णय ऐतिहासिक भएको बताए । यद्यपि सांगठनिक एकतामा केही ढिला भएको छ, उनले भने ।