प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रविरुद्ध ९ उजुरी दर्ता

पुुष, १२ काठमाडौं — प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन् । गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ ।