प्रदेश ३ को राजधानी अझै टुंगो लागेन

पुस १२, मकवानपुर — प्रदेश ३ को राजधानी अझै टुंगो लाग्न सकेन । स्थायी राजधानी र नामकरण बर्खे अधिवेशनमै गर्ने भनिएपनि वर्षे अधिवेसन सकिदै गर्दा टुंगो लाग्न नसकेको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी र नामकरण बर्खे अधिवेशनमा सकाउने दाबी गरेका थिए । तर राजधानीका लागि सहमति हुन नसकेपछि यसले अर्काे अधिवेशनमा पार पाउने देखिएको छ ।

प्रदेशसभाको अघिल्लो परामर्श समितिको बैठकले राजधानीबारे निर्णय बारे प्रस्तुत गर्ने निर्णय गरेको थियो । तर सहमति प्रयास नजुटेर प्रस्ताव फिर्ता लिएपछि राजधानीको टुंगो लाग्न नसकेको हो ।

राजधानीको सम्भाव्यता अध्ययन विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई असार २६ गते नै प्रतिवेदन बुझाईसकेको थियो । प्रतिवेदनले प्रदेश ३ को स्थायी राजधानी काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको छ ।