धरहराको पुनर्निर्माण कार्य सुरु : प्रधानमन्त्रीले आज शिलन्यास गर्ने

पुस १२, काठमाडौं — २०७२ को गोर्खा भूकम्पपछि खण्डहर भएको ९ तले धरहराको पुनर्निर्माण कार्य आजदेखी सुरु गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे यसको शिलान्यास गरेपछि पुननिर्माणको काम सुरु हुने भएको हो ।

मेरो धरहरा म आफै बनाउछु भन्ने अभियान सुरु गरेका प्रधानमन्त्री ओलीले त्यसको ४ वर्षपछि पुनर्निर्माणको लागि आज सिलन्यास गर्न लागेका हुन् ।
धरहरा पुनर्निर्माणको जिम्मेवारी जीआईईटीसी(रमन जेभीले पाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्किएको धरहरा सिसाभित्र राखेर संरक्षण गरिने भएको छ । तर अहिले बनाईने धरहरा पुरानो शैलीमा आधुनिक सुविधा सहितको बलियो धरहरा बनाउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले बताए ।

धरहरा ११ तलाको बन्ने धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहरा बाहिरबाट ११ तलाको देखिएपनि भित्रपट्टि २२ तला हुनेछ । यसको वरपर म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ गायतका सुविधाहरु व्यवस्थित गरिनेछ । अहिलेको धरहरा भर्‍याङ चढेर धरहरा चढ्ने लिफ्टबाथ पुगिन्छ । चढ्न र झर्न दुईतिर लिफ्ट हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ । धरहराले ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा पनि ओग्टने छ । 

भिमसेन थापाले बनाएको ११ तले धरहरा विसं १९९० सालको भुइँचालोेले भत्केर ९ तलाको भएको थियो ।