आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना प्रदान

पुष, १० काठमाडौ — क्रिश्चियन धर्मका प्रवद्र्धक येशु ख्रीष्टको जन्मोत्सव विश्वभरका इसाई धर्मावलम्बीले विशेष उत्साहका साथ आज मनाउँदैछन् ।
। ईश्वी संवत अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमस डेका रुपमा मनाईन्छ । आजको दिन संसारभरी शुभकामना आदान प्रदान तथा उपहारहरु साटासाट गरी क्रिसमस रुख सिंगार्दै, विषेश भोजको आयोजना गर्ने चलन छ ।

क्रिसमसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्या भण्डारीले ईसाई धर्मावलम्बीको पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने कामना गरेकी छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार रहेको बताए । ओलीले क्रिसमस डे का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइमा सुख,समृद्धि र सुस्वास्थ्य तथा दीर्घायूको शुभकमना व्यक्त गरेका छन् ।