पप्पु कन्स्ट्रक्सनको ४९ लाख रुपैयाँ धरौटी जफत

 

पुुष, १० काठमाडौ —ठेक्का सम्झौता अवधि नाघेको एक बर्ष बित्दा पनि मोटरेबल पुल बनाउन चासो नदेखाएपछि पप्पु कन्स्ट्रक्सनको धरौटी रकम जफत भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्चाकामना गाउँपालिका जोड्ने त्रिशुली नदीमा बन्न लागेको मोटरेबल पुल निर्माणमा पप्पुले ढिलासुस्ती गरेको हो ।

ठेक्का अनुसार अघिल्लो वर्षको माघ महिनामा नै पुल बनाइसक्नुपर्ने थियो। तर अहिलेसम्म १६ प्रतिशत मात्रै काम सम्पन्न भएको सडक कार्यालय गोरखाले जनाएको छ । उक्त पुल निर्माणका लागि १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।