नेकपा बैठक ११ गतेसम्म लाई स्थगित

पुुष, ९ काठमाडौ —सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)को स्थायी समिति बैठक तीन दिन पर धकेलिएको छ । राजनीतिक प्रतिवेदनमा सहमति खोज्न बैठक तीन दिन स्थगित गरिएको हो ।

शनिबार बिहान बसेर स्थगित नेकपा बैठक साँझ ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी शनिबार बिहानको बैठक स्थगित भएको थियो । तर, बैठक आधा घन्टा ढिलो सुरु हुने भन्दै सदस्यहरूलाई साढे ४ बजे उपस्थित हुन भनिएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली त्यही समयमा सरकारी वकिलहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि बैठक ११ मंसिरसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले ३ः३० बजे सूचना जारी गरका छन् ।