दाङ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

पुष, ८ काठमाडौ — तुलसीपुर, ३ राम्रीमा भएको स्कुुल बस दुुर्घटना बारे छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् ।

शुुक्रबार कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको शैक्षिक भ्रमणको क्रममा बा ४ ख ९७६६ नं को बस दुर्घटना भएको थियो । बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाइते भएका थिए ।