देउवाको सम्बोधन पछि काँग्रेस महासमिति बैठक आज सकिने

पुुष,८ काठमाडौ — नेपाली काँग्रेसको नौ दिनयता जारी महासमिति बैठक आज समापन हुँदैछ । विधानमाथिको छलफल पछि बैठक आजै सक्ने तयारी भएको कांग्रेसले जनाएको छ ।

केही महासमिति सदस्यहरुको विधानमाथि धारणा पछि सभापति र वरिष्ठ नेताले सम्बोधन गरेर बैठक समापन गर्न लागिएको हो ।

केन्द्रीय समितिले अनुमोदन गरेको विधानमा १४ सदस्यीय पदाधिकारी राख्ने र कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन गर्ने उल्लेख छ ।