शनिबारको प्रिमियर लिग फुटबल खेलमा चेल्सीको हार

८ पुस, काठमाडौं — शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सीको हार भएको छ । आफ्नै मैदानमा भिडेका चेल्सी १(० ले पराजित हुनु परेको हो ।

दोस्रो हाफको ५१ औं मिनेट जाँदा लेस्टर सिटीका भर्डीले निर्णायक गोल गरेका थिए । जितपछि १८ खेलबाट २५ अंकमा टेक्दै लेस्टर नवौं श्रेणीमा पुग्न सफल भएको छ ।

चेल्सीको १८ खेलबाट ३७ अंक छ र ऊ अंक तालिकाको चौथो स्थानमा छ ।