सिन्धुपाल्चोकमा भूकम्पको केन्द्रविन्दुु : काठमाडौंमा धक्का महसुस

पुुष ८, काठमाडौं — आईतबार बिहान ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको छ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो ।

२०७२ वैशाख १२ को गोर्खा भूकम्पपछि पछिसम्म पराकम्पहरु आइरहेको भएपनि आज विहान ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानकोे धक्का पराकम्प नभइ भूकम्प नै गएको हो ।