राष्ट्रपतिद्धारा दाङको स्कुल वस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त

पुस ७, काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले दाङको तुल्सी नगरपालिकाको राम्रीमा भएको स्कुल वस दुर्घटनामा परी ज्यान गुमाएका २३ जना विद्यार्थीहप्रति दुःख व्यक्त गरेकी छन् ।

उनले आज टवीट्मार्फत् शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । साथै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
यसै विच प्रधानमन्त्री केपी शर्मा ओलीले तुल्सीपुरको राम्दीमा भएको स्कुलबस दुर्घटनाले मर्मात बनाएको भनी दुख व्यत्त गरेका छन् । साथै दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रदान्जली व्यत्त गर्दै, घाईतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि दाङमा बस दुर्घटनामा ज्यान गुमाएाहरुप्रति शोक व्यक्त गरेको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले बस दुर्घटनाका घाईते पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबार दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक विद्यालयका विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार बेलुकी ५ बजेतिर दाङको तुलसीपुर नगरपालिका(३ राम्रीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो ।

यता सभामुख कृष्णबहादुर महराले पनि बस दुर्घटनाले आफुलाई भावविह्वल बनाएको बताएका छन् ।
शोक विज्ञप्ति जारी गर्दै दुर्घटनाले आफू भावविहृवल भएको बताए । उनले मृतकहरुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।