प्रहरी प्रभागभित्र पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते

पुुष, ७ काठमाडौ —ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्।  शुक्रबार राति ९ बजे पेस्तोलमा गोली लोड अनलोड गर्दा पड्किँएको पोस्तोलबाट प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्।
श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको थियो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचारप भइरहेको छ ।