नेपाल आइडलको उपाधी रवि ओडलाई: २२ लाख नगद सहित होण्डा गाडी

काठमाडौं— नेपाल आइडल सिजन २ को विजेता कञ्चनपरका रवि ओड बनेका छन् । रविले होण्डा गाडी र नगद रु २२ लाखको चेक पाएका छन भने वर्ल्ड टुरको यात्रामा जाने मौका पाएका छन् ।

फाइनलमा पोखराका विक्रम बराल फ्रस्ट रनरअप भए भने झापाका सुमित पाठक सेकेन्ड रनरअप र अस्मिता अधिकारी थर्य रनरअप बनिन् । बरालले २० लाखको चेक पाएका छन् पाठकले १२ लाख बराबरको चेक र ट्रफी पाए भने अधिकारीले होन्डाको स्कुटर पाएकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।