कांग्रेसमा सहमतिको प्रयास जारी, बैठकलाई निरन्तरता

काठमाडौं, पुस ६ —विधानमाथि शीर्ष तहमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेसले सहमतिको प्रयाससहित महासमिति बैठकलाई समेत निरन्तरता दिने भएको छ । विधान मस्यौदामा सहमति जुट्न नसकेपनि कांग्रेस महासमिति बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल जारी छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केहीबेरमा सुरु हुने बन्दसत्रमा सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने कांग्रेसले जनाएको छ ।