राष्ट्र बैंकको चेतावनीपछि बैंकहरुले ब्याजदर घटाउने भए

५ पुस, काठमाडौं – वाणिज्य बैंकहरुले अस्वस्थ प्रतिस्प्रधात्मक रुपमा वढाएको ब्याजदर पुन घटाउने भएका छन् ।

वाणिज्य बैंकहरुविच ब्याजदर बढाउने आतंक चलेपछि नेपाल राष्ट्र बैंकले सीईओहरुलाई वोलाएर तत्काल ब्याजदर घटाउन चेतावनी दिएपछि वैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

राष्ट्र बैंकका बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल, डेपुटी गभर्नर्रर शिवराज श्रेष्ठ श्रेष्ठ र चिन्तामणि सिवाकोटी सहभागी भएको बैठकमा बैंकका सीईओहरुलाई बोलाइएको थियो ।

अर्थमनत्रालय अन्तगर्त गठिन छानविन समितिको प्रतिवेदनपछि बैंकहरुले ब्याजदर वढाउने अस्वस्थ प्रतिस्प्राध गरिएको देखिएकाले ब्याजदर घटाउ कडा चेतावनी दिइएको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बताए ।

डेपुटी गभर्नर श्रेष्ठले राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन बैंकहरुलाई निर्देशन दिएको बताए ।

राष्ट्र बैंकको चेतावनीलगत्तै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको तत्काल बैठक बसेको थियो । बैंकर्स संघको बैठकले ‘ब्याजदको विषयमा छलफल गरी ब्याजदरदर घटाउने निर्णय गरिएको छ, बैंकर संघका एक सदस्यले भने ।