प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्धा दर्ता

पुष ६, काठमाडौं – नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्धा दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई सहसचिव स्तरका एक कर्मचारीले काम नदिएको विषयमा आदेश पालनासम्वन्धि सर्वाेच्च अदालतलको फैसला नमानेको आरोपमा प्रधानमन्त्री ओली विरुद्ध मुद्दा दायर गरिएको हो ।

मंसिर २६ गते दर्ता भएको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालय अन्तगर्तको नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूहको पहिलो तहको पदमा कार्यरत अबस्थाको दरबन्दी कटौती गरी वृत्ति विकासमा असर परेको भन्दै मन्त्रालयका सहसचिव रामआधार साहले सर्वाेच्च अदालतम मुद्धा दायर गरेका थिए ।

सर्वाेच्च अदालतका (तत्कालीन कामु) प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले २०७४ साउन १३ गते निवेदकलाई कुनै कानुनी कारणबिना पदअनुरुपको जिम्मेवारी नदिई राख्नुलाई जायज मान्न नसकिने ठहर गर्दै तीन महिनाभित्र काममा लगाउन आदेश दिएको थियो ।