पुर्व गभर्नर तिलक रावलविरुद्ध भ्रष्टाचार मुद्दा —एक करोड बिगो दाबी


५, पुष काठमाडौं — पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बनेका डा. तिकलबहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्यकालको अबधिमा राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा भ्रष्टाचार गरेको आरोप रावलमाथि लगाइएको छ । अख्तियारले रावललाई ९१ लाख बढी बिगो दाबी गरेको छ ।
रावलसँगै अख्तियारले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।