विधान विवादले काँग्रेस बैठक अनिश्चित

 ५ पुष, काठमाडौ — पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको नेपाली काँग्रेस महासमिति बैठक नै अनिश्चित बनेको छ ।

विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, महासमिति सुरु भएको ६ दिन बित्न लाग्दा पनि महासमितिमा पेश गर्नेविधानमा केन्द्रीय समितिमै सहमति नजुट्दा महासमिति सदस्यहरुले छलफल नै गर्न पाएका छैनन् ।

काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमिति बैठक निर्धा्रित समयमा नसकिएपछि आजदेखि स्थान परिवर्तन गर्दै पार्टी कार्यालय सानेपामा सारिएको छ ।