मेलम्चीको बाँकी काम अब स्वदेशी ठेकदारको काँधमा

पुष ५ काठमाडौं — मेलम्ची खानेपानीको वाँकी काम अब स्वदेशी ठेकदारको काँधमा आईलागेको छ ।

सकिन लागेको आयोजनाको काम ठेकदारले अलपत्र पारेपछि बाँकी कामलाई सकाउन आयोजनालाई विज्ञहरुको एक समुहले यस्तो सुुझाव दिएको हो ।

मेलम्चीको बाँकी काम गर्न जलविधुत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले गर्न सक्ने बुभिएको छ ।

नेपाल सरकारका पुर्वसचिव एवं आयोजनाका पुर्वप्रमुख सुमन शर्माले ’हाइड्रो पावर’को काम गर्दै आएका स्वदेशी ठेकेदारले पनि काम गर्न सक्ने बताएका हुन् ।

उनले अहिलेको आयोजनाको कामको अन्यौलता हटाउन, टेन्डर प्रक्रिया नलम्बाईकन स्वेदेशी ठेकदार कम्पनीलाई कामको जिम्मा दिनुपर्ने सुझाव दिए ।

आयोजनाले करिब ३ महिनाभित्र मेलम्चीको पानी काठमाण्डौमा झार्ने दाबी गरिरहेका वेला ईटालयन कम्पनीका ठेकदार र कर्मचारी विचमै छोडेर भाग्न लागिरहेका थिए ।

उनीहरुलाई आयोजनाको काम छोडेर भाग्ने कोषिष गरिरहेको भन्दै गृहमन्त्रालयको सहयोगमा महानगरीय अपराध महाशाषा टोलीले नियन्त्रणमा लिएको थियो ।

मेलम्ची आयोजना झण्डै २ दशक पुरानो हो ।