काम छोडेर कर्मचारी मन्त्रालय घेराउमा

काठमाडौ, ४ पुष —संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारीले घेराउ गरेका छन् । बुुधबार दिउसो राष्ट्रपतिले लालमोहर लगाएको कर्माचारी समायोजन अध्यादेशको विरोधमा मन्त्रालय घेराउ गरेका छन् ।
कर्मचारीहरुले आफूलाई पीडित निजामती कर्मचारी भन्दै सचिव शंकरप्रसाद कोइरालालाई कार्यकक्षमा पत्र बुुझाउन नसके पत्र बुझाउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गएका छन् ।
कर्मचारी समायोजन स्वेच्छिक बनाउनु पर्ने उनीहरूको माग छ । आन्दोलनरत कर्मचारीले आफ्ना माग सम्बोधन नभएसम्म हरेक दिन सामान्य प्रशासन मन्त्रालय घेराउ गर्ने बताएका छन् ।
यसअघि मंसिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ जारी गरेकी थिइन् ।