समयसिमा भित्रै मेलम्ची खानेपानी आयोजना सम्पन्न हुुने मन्त्रालयको दावी

काठमाडौं,४ पुुष — मेलम्ची खानेपानी आयोजना निर्धा्रित समयभित्र सम्पन्न गर्ने खानेपानी मन्त्रालयले दाबी गरेको छ । आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडे पनि मन्त्रालयले भने समस्या समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हो ।
सम्पन्न गर्ने समयसीमा ४६ दिनमात्र बाकी रहदा सीएमसीका प्रमूख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिडेका थिए ।
सिएमसीले भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थियो। तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साताअघि नै काम छाड्ने सूचना दिएको थियो ।