काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । आफ्नो युटुब च्यानलमा मार्फत उनले उक्त गीत सार्वजनिक गरेका हुन् ।
बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए जसलाई सन्दिप आफैंले लेखेका हुन्।
क्रिकेटर सन्दिप लामिछानेको गीत ‘यो झरीमा’ सार्वजनिक– भिडियो सहित
