पार्टी र सरकार सञ्चालन पद्धतीका बारेमा नेकपाका नेताहरुको आलोचना

काठमाडौं ३ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी र सरकार सञ्चालन पद्धतीका बारेमा तिब्र आलोचना गरेका छन् ।

(नेकपा) स्थायी कमिटीको सोमबारको बसेको बैठकमा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा स्थायी समिति सदस्यहरुले आलोचना गरेका हुन् ।

स्थायी कमिटीको बैठकमा सरकारका गतिविधिहरु पार्टी्भित्र छलफल नगरेको, एकलौटी निर्णय गरेको, विधानबमोजिम पार्टी नचलाइएको विषयमा टिप्पणी गरिएको छ ।

विधानमा तीन महिनामा स्थायी समिति बैठक बस्ने उल्लेख गरेको छ तर ६ महिनामा पनि बैठक बस्न सकेको छैन , स्थायी समितिले निर्णय गर्नर्नुपर्ने विषय सचिवालयबाटै निर्णय गराइएकोभन्दै नेकपाका स्थायी सदस्यहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले सकारको सञ्चालनका गतिविधीहरुमा पनि कमी कमजोरी दिएको र सरकार सहि बाटोमा हिड्न नसकेकाले सरकार आलोचित भएको समेत टिप्पणी गरे ।

बैठकमा प्रत्येक सदस्यले २० मिनेटसम्म आफ्ना विचार रााख्न पाएका थिए । पार्टी स्थायी सदस्यहरुले पार्टी्भित्र गुटको खेती झाँगिएकाले आगामी दिनमा पार्टीलाई सही गति दिन कार्यविभाजनको परम्परागत प्रक्रिया क्रमभंग गर्नसमेत सुझाव दिएका छन् ।