बुटवल नारायणगढ सडक विदेशका भन्दा कम नहुने : सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी ।

वुटवल ३ पुष । । बुटवल– नारायणगढखण्डको सडक विकासका लागि चिनियाँ कम्पनीले ठेक्का सम्झौता गर्ने भएको छ ।  १ सय २५ किलोमिटर दूरीको सडक विस्तारका लागि चिनियाँ कम्पनीलाई ठेक्का सम्झौता गर्न लागिएको हो ।

दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको सडक स्तरोन्ती कार्यको ठेक्का सम्झौता चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले बताए । उनले एउटै प्याकेजमा विस्तार कार्य ढिला हुने भएकाले दुईवटा प्याकेजमा काम सुरु गर्न लागिएको हो, भने ।

पहिलो प्याकेजमा नारायणगढदेखि दाउन्नेसम्म र दोस्रो प्याकेज अन्तर्गत बाँकी बुटवलसम्मको निर्माण कार्य गरिने भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले बुटवल नारायणगढ सडकखण्ड मर्मत सम्भारको काम ५ वर्षका लागि ठेक्का लिने भएकोे हो ।

सडक विस्तारपछि, तीन घण्टा लाग्ने बुटवल नारायणगढ, कम्तीमा डेढ घण्टा देखि करिब १ घण्टा ५० मिनेटभित्रै पुग्न सकिने छ । सडक विस्तारपछि दुई लेनको नारायणगढ बुटवल सडकखण्ड४ लेनको बन्ने सडक विभागको बताएको छ ।

सडक विस्तार सकिदा बुटवल नारायणगढ सडक पनि विदेशका भन्दा कम नहुने सडक विभागको दाबीे छ ।