कांग्रेस सांसद भीमसेनदासले फिर्ता गरे घरभाडावापतको ८४ हजार

काठमाडौं, २ पुस — सांसद भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा वापत लिएका ८४ हजार रकम फिर्ता गरेका छन् ।
काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वा्चित नेपाली कांग्रेसका सांसद प्रधानले आइतबार संसद सचिवालयमा पत्र दर्ता गरी भनेका थिए ‘के कति प्राविधिक कारणबाट सो रकम आफ्नो नाममा आएको हो, घर भाडा दिएको अवस्था रहे फिर्ता गर्ने आवश्यक व्यवस्थाका लागि अनुरोध छ ।’
उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म संसद सचिवालयबाट घरभाडावापत लिएको ८४ हजार ३ सय रुपैयाँ फिर्ता गरेको बताएका छन् ।