देशभर बढ्यो चिसो

काठमाडौ, २ पुुष— बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले गर्दा नेपालमा मौषम बदली रहि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने महाशाखाले बताएको छ ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ