कांग्रेस महासमितिको बैठकमा धर्मको मुद्दामा चर्काचर्की

काठमाडौं २ पुष । शनिबारदेखि सुरु भएको कांग्रेस महासमिति बैठकमा धर्मको विषयलाई लिएर वहस सुरु भएको छ । आइतबारको बन्द सत्रमा संविधानमा उल्लेख गरिएको ‘धर्म्निरपेक्षता’को बारेमा विरोध भएपछि वहस चर्किएको हो ।

धर्म्निरपेक्षताको विषयमा महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै यसको विरोध गर्दै आएको थियो । हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभ्याउन महासमितिभित्रै सदस्यहरुको हस्ताक्षर समेत संकलन सुरु गरिएको छ ।

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका नेता राजुराज जोशीले हस्ताक्षर संकलनको नेतृत्व गरिरहेका छन् । सोमबारको बैठकमा लिखित हस्ताक्षर पेश गर्ने तयारी भईरहेको छ ।

काँग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका छन् । अन्य हस्ताक्षर गनहर्रुेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारी लगायतका छन् ।