मिस युनिभर्सको टप १० मा नेपालकी मनिता देवकोटा

काठमाडौं २ पुष । मिस युनिभर्स २०१८ मा नेपालकी मनिता देवकोटा टप १० मा पुगेकी छन् । थाइल्याण्डको बैंककमा चलिरहेको प्रतिस्पर्धामा उनी देवकोटा टप १० मा पुगेकी हुन् ।

यसअघि एसिया तथा अफ्रिकाको उत्कृष्ट पाँच प्रतियोगी हुन सफल भएकी थिइन । एसिया प्यासिफिक, अफ्रिका, अमेरिका, र युरोप गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।

प्रत्येक प्रतिस्पर्धीलाई दिइएको १५ सेकेण्ड मन्तब्यका आधारमा उनी टप १० मा छनौट भएकी थिईन ।