प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले घरभाडावापत लिएको रकम फिर्ता गर्ने

पौष १, काठमाठण्डौ—नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संसद सचिवालयवाट घरभाडावापत लिएको रकम फिर्ता गर्ने बताएका छन् ।

आइतबार विज्ञप्ति मार्फत ताप्लेजुङ जिल्लाबाट निर्वाचित सांसद भट्टराईले १० महिनाको घरभाडावापत पाएकोे ९० हजार रूपैयाँ संसद सचिवालयलाई फिर्ता गर्ने बताएका हुन् ।

उनले काठमाडौंमा आफ्नो घर भएको कुरा सचिवालयले मागेको विवरणमा स्पष्ट उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा आफुु आश्चर्यमा परेको वताएका छन ।
त्यसै गरि घरभाडावापत २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई विज्ञप्ती जारी गर्दै अनुरोध गरेका छन ।
भट्टराईले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुःख व्यक्त गरेका छन्।