‘राष्ट्रपतिका विषयमा अनावश्यक प्रचार भइराखेको छ’ प्रधानमन्त्री ओली

काठमाडौ, १ पुुष  – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका विषयमा अनावश्यक प्रचार भइराखेको बताएका छन् । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावशायी महासंघ (पीपीएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवाशायी संघ(आरपीएलए)को एकीकरणलाई आइबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिका विषयमा अनावश्यक प्रचार गरेर व्यतिm बिशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित रहेको बताएका छन् ।
उनले अगाडि भने ‘हामी अहिले असाधरण सफलताको बिन्दुमा छौं’, प्रधानमन्त्री ओलीले भने, ‘तर यो सफलताविरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ। त्यसलाई परास्त गर्नुपर्दछ।’