कांग्रेस महासमिति बैठकः बन्दसत्र सुरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकमा आइतबारदेखि बन्दसत्र सुरु भएको छ ।  बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरुमाथि छलफल हुनेछ । प्रतिनिधिहरुले बिहानको खाजा खााएलगत्तै बन्दसत्र सुरु हुने कार्यतालिका छ ।
उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका छन् ।