काठमाडौं, २९ मंसिर –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको एजेन्डा तय गर्न सचिवालय बैठक बस्ने भएको छ ।
पाँच महिनाभन्दा बढी समयदेखि बस्न नसकेको स्थायी समिति बैठकपनि आज बस्न लागेको हो । गत २२ गते बसेको सचिवालयका पाँच सदस्यको बैठकले आजका लागि स्थायी समिति बैठक तय गरेको थियो ।
स्थायी समिति बैठक आज १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ । त्यसअघि सचिवालय बैठक बस्ने भएको छ ।
नेकपाको स्थायी समिति र सचिवालय बैठक बस्दै
