काठमाडौं, २९ मंसिर –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुँदैछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले पहिलोपटक महासमिति बैठक आह्वान गरेको हो ।
आगामी पुस ३ गतेसम्म चल्ने बैठकमा विभिन्न कमिटीबाट गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । बैठक राजधानीको योगम्बर पार्टी प्यालेसमा सुुरु भएको छ ।
कांग्रेस महासमिति बैठक सुरु, ६ सय प्रतिनिधि सहभागी
