काठमाडौं, २८ मंसिर —हालसम्म मुलुकमा निमार्ण भएका कुल ३ सय ९३ कानुनमध्ये आगमी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन् ।
संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्ष्भित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा एकैपटक संशोधन हुन लागेका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि फागुन ३ भित्र संसोधन गर्न सरकारले तयारी तीव्ररहेका् बताए । उनका अनुसार त्यसका लागि कानुन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलाई तयारी तीव्र गर्नका लागि निर्देशन दिइएको छ।
करिब २ सय कानुन एकै पटक संसोधन हुँदै
