सानिमा बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं २८ मंसिर। सानिमा बैंकले आगामी वर्षका लागि २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको १४औं वार्षिक साधारण सभा मार्फत शेयर लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने प्रतिवद्धता गरेको हो ।

बैंकले संस्थापक पक्षलाई मात्र ध्यान दिई १४ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरेको थियो । तर संशोधनको माग गर्दै लगानीकर्ताले विरोध गरेपछि यस्तो प्रतिवद्धता जनाइएको हो ।

बैंकको प्रस्तावित लाभांशको बोनस र नगदमा १० /१० प्रतिशत गर्न शेयर सदस्यहरुले दबाब दिएपछि बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले आउँदो वर्ष २० प्रतिशत भन्दा बढी लाभांश दिने वताए । अध्यक्षको प्रतिवद्धतापछि सबै प्रस्ताव पारित भएको छ ।

साधारण सभाले अबको चार वर्षका लागि सर्वसाधारणबाट दुई जनाको प्रतिनिधित्व गर्दै सञ्चालकको निर्विरोध चयन गरेको छ । भरत प्रसाद पोखरेल र महेश घिमिरे निर्विरोध चयन गरिएका हुन् । सानीमा बैंकले पहिले राष्ट्र बैङ्कबाट गत वर्षको बार्षिक प्रतिवेदन स्वीकृत गराएर साधारण सभा सफल गरेको छ ।